शनिबार, जेठ ५, २०८१

सेयर कारोबार विनियमावली २०७५ आइतबारदेखि लागु हुने

नेपालखोज २०७९ असार २ गते ८:३७

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) थप गरी स्वीकृत गरेको सेयर कारोबार विनियमावली २०७५ असार ५ गते आइतबारदेखि लागु हुने भएको छ । बोर्डले पठाएको विनियमावली नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिले स्वीकृत गरी लागु गर्ने निर्णय गरेको हो ।

नेप्सेको गत साता सम्पन्न सञ्चालक समितिको बैठकले स्वीकृत गरेको उक्त विनियमावली लागु भएपछि ब्रोकर आफैंले टीएमएस बनाउन सक्ने भएका छन् ।

विदेशी कम्पनीबाट विकास गरएिको टीएमएस स्थापना गर्ने भएमा एक करोड रुपैयाँ चुक्ता पुँजी भएको स्थानीय प्रतिनिधि हुनुपर्छ । यसरी विदेशी विकासकर्ताले विकास गरेको टीएमएस भएमा कारोबार सदस्य अनुसार डाटा स्टोर हुनेगरी डेडिकेटेड कारोबार व्यवस्थापन प्रणाली जडान भएको हुनु पर्ने व्यवस्था विनियमावलीमा गरिएको छ ।

प्रतिक्रिया