बुधबार, वैशाख १२, २०८१

बुढ्यौली रोक्नेदेखि क्यान्सर, हृदयरोग र पाचनका लागि उपयोगी

नेपालखोज २०७९ असार ३ गते ९:००

काठमाडौं । आरू फल आठ हजार वर्षअघि चीनमा उत्पत्ति भएको मानिन्छ । आरू प्लम, खुबानी, चेरी र बादामसँग सम्बन्धित पौष्टिक तत्त्वले भरिपूर्ण फल हो । पाचन प्रणालीमा सुधार गर्नु, चिल्लो बोक्रा, र एलर्जी राहतलगायत स्वाथ्य लाभ आरूबाट पाउन सकिन्छ ।

यसलाई पूर्वी चीनको झेजियाङ प्रान्तमा पहिलोपटक खेती गरिएको हो । आरू फलको रूख पृथ्वीको उत्तरी र दक्षिणी गोलार्धको न्यानो समशीतोष्ण क्षेत्रहरूमा हुर्कन्छ । ताजौ खाइने यस फल विशेष गरी ‘भिटामिन ए’का लागि उपयोगी हुन्छ ।

चीनमा पहिलोपटक आरू खेती भएपछि एसिया हुँदै भूमध्यसागरीय देशहरूमा र पछि युरोपका अन्य भागहरूमा फैलिएको हो । स्पेनी अन्वेषकहरूले आरूलाई नयाँ संसारमा लगे । विश्वभरि विस्तार हुँदै जाने क्रममा सन् १६०० को प्रारम्भमा यो फल मेक्सिकोमा फेला परेको थियो । शताब्दीयौंसम्म आरूका नयाँ प्रजातिहरूको खेती र चयन धेरै हदसम्म कुलीनहरूको बगैंचामा सीमित थियो । संयुक्त राज्यमा १९औं शताब्दीसम्म ठूलो मात्रामा व्यावसायिक रूपमा आरू खेती सुरु भएको थिएन ।

आरूका रूख सानादेखि मध्यम उचाइसम्मका हुन्छन् । अन्य फलफूलका रूखहरूको तुलनामा आरूका रूखहरू अपेक्षाकृत अल्पकालीन बाँच्ने हुन्छन् । केही क्षेत्रमा बगैंचाहरू ८ देखि १० वर्षपछि पुनर्रोपण गर्ने गरिन्छ । विशेषतः आरूका रूखले २० देखि २५ वर्ष वा सोभन्दा बढी समयसम्म फल उत्पादन गर्न सक्छन् ।

स्वास्थ्य लाभ
आरू सेवन गर्दाका धेरै स्वास्थ्य लाभ छन् । यसमा क्यालोरी कम हुन्छ । यो फल धेरै स्वास्थ्य प्रवर्द्धन गर्ने यौगिक, खनिज र भिटामिनलगायत तत्त्वले भरिपूर्ण हुन्छ । ताजा आरू एन्टिअक्सिडेन्ट र भिटामिन सी को एक मध्यम स्रोत हो, जुन मानव शरीरभित्रका विभिन्न रोगलाई प्रतिरोध गर्न उपयोगी हुन्छ ।

‘भिटामिन सी’ मा प्रशस्त खानेकुराको उपभोगले व्यक्तिलाई संक्रमणविरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्न मद्दत गर्छ । क्यान्सर निम्त्याउने केही हानिकारक फ्री रेडिकलहरू हटाउन मद्दत गर्दछ । ताजा फलफूल आरू भिटामिन ए र बिट (क्यारोटिनको मध्यम स्रोत पनि हो । बिटा क्यारोटिन प्रो-भिटामिन हो, जुन शरीरभित्र भिटामिन ए मा परिणत हुन्छ ।

भिटामिन ए आँखाको स्वास्थ्यका लागि धेरै नै उपयोगी हुन्छ । भिटामिन ए प्रशस्त मात्रामा पाइने आरूलगायत फलफूलको सेवनले फोक्सो र मुखमा क्यान्सर हुनबाट रोक्छ । क्यान्सर भएकाले खाँदा पनि धेरै नै उपयोगी मानिन्छ । आरूमा पोटासियम, फ्लोराइड र फलाम जस्ता धेरै महत्त्वपूर्ण खनिजहरू हुन्छन् ।

आरूलगायत फलमा पाइने पोटासियम कोशिका र शरीरको तरल पदार्थको एक महत्त्वपूर्ण तत्त्व हो । पोटासियमले मुटुको ढुकढुकी र रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्दछ । फ्लोराइड भन्ने तत्त्व हड्डी र दाँतका लागि उपयोगी हुन्छ । दाँत कमजोर हुनबाट रोक्न आरू उपयोगी हुन्छ ।

बुढ्यौली रोक्न उपयोगी
आरूको सेवनले हाम्रो शरीरलाई चाँडै बुढो हुन दिँदैन । यो फल जति ताजा र पाकेको हुन्छ, त्यति नै बढी एन्टिअक्सिडेन्ट हुन्छ । ताजा आरू सेवन गरेको ३० मिनेटभित्र स्वस्थ पुरुषहरूमा एन्टिअक्सिडेन्ट कार्यहरू देखाएको विभिन्न अध्ययनहरूले देखाएका छन् । अतः आरूमा फाइबर, भिटामिन र मिनरल्स प्रचुर मात्रामा पाइन्छ । यसमा वनस्पति यौगिक तत्त्व एन्टिअक्सिडेन्ट हुन्छ, जसले मानव शरीरलाई बुढ्यौलीबाट बचाउन मद्दत गर्दछ ।

पाचन मद्दत गर्न सक्छ
आरू स्वस्थ पाचनमा उपयोगी हुन्छ । आरू सामान्यतः परम्परागत चिनियाँ औषधिमा पाचन विकारहरूको उपचार गर्न प्रयोग गर्ने गरिन्छ । केही अनुसन्धानले देखाउँछन् कि आरू फूलमा पाइने यौगिक तत्त्वले प्रभावकारी रूपमा आन्द्राको संकुचनको बल र आवृत्ति बढाउन सक्छ, जसले खानालाई सहज रूपमा धकेल्न उचित लय कायम राख्न मद्दत गर्दछ ।

आरूको फूल स्वास्थ्यका लागि एकदमै उपयोगी हुन्छ । यसको फुलबाट बनेको हर्बल चिया कोरियामा प्रयोग हुने गरेको छ ।

मुटुका लागि उपयोगी
यो फल हृदय स्वास्थ्य सुधार गर्न उपयोगी हुन्छ । नियमित रूपमा सिजनको समयमा आरू खाँदा हृदय स्वास्थ्य बलियो बनाउँछ । यसमा पाइने तत्त्वले हृदय रोग रोकथामका लागि जोखिमयुक्त तत्त्वहरू कम गर्न मद्दत गर्छ । उच्च रक्तचाप र कोलेस्ट्रोल स्तर कम गर्न यो धेरै उपयोगी हुन्छ ।

छाला स्वस्थ राख्न उपयोगी
आरूमा पाइने यौगिकहरूले मानिसको छाला स्वस्थ राख्ने क्षमतामा सुधार गर्न सक्छ । छालाको बनावट सुधार पनि गर्छ । आरूको फूलले पनि छालालाई स्वस्थ राख्न मद्दत गर्न सक्छ ।

क्यान्सर रोकथामका लागि उपयोगी
धेरै फलहरू जस्तै आरूले पनि लाभकारी यौगिक तत्त्व प्रदान गर्दछ, जसले विभिन्न क्यान्सरविरुद्ध केही सुरक्षा प्रदान गर्न सक्छ । टेस्ट–ट्युब र पशु अनुसन्धानले पनि देखाएको छ कि आरूको बीउमा भएका यौगिकहरूले गैर–क्यान्सर छालाको ट्युमरको वृद्धिलाई सीमित गर्न सक्छ र तिनीहरूलाई क्यान्सरमा परिणत हुनबाट रोक्न सक्छ ।

एलर्जी लक्षणहरू कम गर्न सक्छ
जब शरीरमा एलर्जी हुन्छ, यसले शरीरलाई एलर्जीबाट छुटकारा दिन मद्दत गर्न प्रतिरक्षा प्रणालीद्वारा बनाइएका हिस्टामाइनहरू वा रसायनहरू रिलीज गर्छ । आरूमा पाइने हिस्टामाइन शरीरको प्रतिरक्षा प्रणालीको हिस्सा हो । यसले एलर्जीका लक्षणहरू जस्तै हाछ्युँ, खुजली वा खोकीलाई ट्रिगर गर्छ । अनुसन्धानले देखाउँछ कि आरूले रगतमा हिस्टामाइनको रिलीजलाई रोक्न एलर्जी लक्षणहरू कम गर्न मद्दत गर्दछ ।

आरू खाँदाका अन्य धेरै स्वास्थ्य लाभहरू छन् । रोग प्रतिरक्षा बढाउँछ । यसमा प्रतिरक्षा बढाउने पोषक तत्त्व र एन्टिअक्सिडेन्टमा भरपूर हुन्छ । आरूमा भएको तत्त्वले निश्चित प्रकारका ब्याक्टेरियाहरूसँग पनि लड्न सक्छन् । केहि विषाक्त पदार्थहरूविरुद्ध सुरक्षा गर्न सक्छ । धुम्रपान गर्नेहरूलाई दिइने आरूको अर्कले निकोटिन हटाउने क्षमता बढाउँछ । रगतमा चिनीको मात्रा घटाउन सक्छ । उच्च रक्त शर्कराको स्तरलाई रोक्न मद्दत गर्छ भने शरीरबाट विषाक्त पदार्थहरू हटाउन सक्छ र रगतमा चिनीको मात्रा घटाउँछ ।

प्रतिक्रिया