बिहीबार, वैशाख १३, २०८१

संसारभर आर्थिक मन्दीको संकेत

नेपालखोज २०७९ असार ४ गते १३:५७

काठमाडौं । अमेरिकामा आर्थिक मन्दीका कारण बैंकहरुको ब्याजदरमा परिवर्तन गरिएपछि अहिले फेरि एकपटक संसारभर आर्थिक मन्दीको कालो बादल मडारिएको छ ।

यसबीच अमेरिकी उद्योगपति एलन मस्कले अर्थव्यवस्थाको स्थितिप्रति चिन्ता जनाएका थिए भने उनको कम्पनी टेस्लाले न‍ोकरीको आफ्नो विज्ञापनमा १४ प्रतिशतले कमि ल्याएको थियो । मस्कले भनेका छन्- कि उनी संसारको अर्थव्यवस्थालाई लिएर चिन्तित छन् र अहिले संसाभर नयाँ भर्तीमा रोक लगाउनुपर्ने आवश्यकता छ ।

वर्ल्ड बैंकको चेतावनी
दुई साता पहिले नै वर्ल्ड बैंकले एक चेतावनी जारि गर्दै ‘मन्दीलाई टाल्न अब निकै मुश्किल’ भएको कुरा बताएको थियो । युक्रेन युद्धले एउटा खतरनाक तुफान खडा गरिसकेको छ । वर्ल्ड बैंकका अध्यक्ष डेभिड म्यालपासले भनेका छन्- संसारका कैंयन देशबाट आर्थिक मन्दीको संकट टार्न निकै गाह्रो भइसकेको छ ।

विश्व बैंकको अनुमान अनुसार यो वर्ष संसारको आर्थिक विकास दर २.९ प्रतिशत रहनेछ । गएको जनवरीमा विश्व बैंकले संसारको विकास दर ४.१ प्रतिशत रहने अनुमान सार्वजनिक गरेको थियो । यो कटौतीको कारण स्टेगफ्लेशन लाई पनि मानिएको छ । स्टेगफ्लेसन यस्तो स्थिति हो जहाँ मुद्रास्फीति बढछ भने विकास कम हुन्छ । भनिन्छ बितेको चार दशकयता यस्तो स्थिति देखिएको थिएन ।

विश्व बैंकका एक अर्का अधिकारी अयहान कोसे भन्छन्- भू-राजनीतिक तनाव, कोभिडका कारण उत्पन्न बाधा तथा ब्याजदरको वृद्धि आदि मिलेर एउटा ठुलै समस्या खडा गर्न सक्छन् । अयहानले भनेका छन्- यो समस्याबीच विकासदर दुई प्रतिशतमा सीमित हुनेछ भने आउने वर्ष संसारको विकासदर १.५ प्रतिशत मात्र रहन सक्छ ।’

अयहानका अनुसार विकासदर १.५ प्रतिशतको छेउछाउ रहनु भनेको निकै तीव्र र गम्भीर गिरावट हो । विश्व बैंकले २०२३ र २०२४ मा पनि कुनै खासै आर्थिक सुधार वा प्रगतिको अपेक्षा गरेको छैन । ती दुवै वर्षमा विकासदर ३ प्रतिशतको आसपास रहने अनुमान छ ।

२०२१ मा संसारभर महामारी चलिरहँदा पनि संसारको विकासदर ५.७ प्रतिशत थियो । आर्थिक मन्दीको संकेत स्वरूप अहिले संसारका ठूला आर्थिक शक्ति मुलुकहरुमा ब्याजदर वृद्धि, सेयर बजारमा गिरावट तथा नोकरीहरुमा कटौतीजस्ता प्रतिकूल संकेत देखिन थालिसकेको छ ।
(रोयटर्स तथा एपीमा आधारित)

प्रतिक्रिया