शुक्रबार, वैशाख ७, २०८१

पेट्रोलियम पदार्थको अचाक्ली मूल्यवृद्धिले उपभोक्ताको ढाडै सेक्यो (घोचेपेच !)

राजेश मानन्धर २०७९ असार ६ गते १३:२९

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि पनि बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य फेरि पनि बढाएको हो । पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरिएको छ । बढेको मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगेको छ । यसैगरी, २७ रुपैयाँले बढेर डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।

यसैवीच, अन्तर्राष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएसँगै यसको असर नेपालमा पनि देखिएको छ । नेपाल आयाल निगमले निगम घाटामा गएको विभिन्न कारण देखाउँदै पटकपटक मूल्य बृद्धि गर्दै आएको छ । यसैक्रममा पछिल्लो समय आइतबार राति पनि अचाक्ली किसिमले मूल्य बृद्धि गरिएको छ ।

नेपाल खोज डटकमले बेलाबेला मुल्यबृद्धि सम्बन्धमा घोचपेच प्रकाशन गर्दै आएको छ । हेरौं, विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिएपछि नेपाल खोजले प्रकाशन गर्दै आएका ‘घोचपेच’ :

राजेश मानन्धर

राजेश मानन्धर नेपालखाेजका कार्टुनिस्ट हुन् ।

प्रतिक्रिया