शुक्रबार, चैत १६, २०८०

एक दिन पनि टिकेन नेप्सेको उच्च वृद्धिदर, ३१ अंकले घट्दा ८४ करोडको कारोबार

नेपालखोज २०७९ असार ८ गते १५:४४

काठमाडौं । नेप्सेको उच्च वृद्धिदर एक दिन पनि टिक्न सकेन । अघिल्लो दिन ३७ दशमलव ४९ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज (बुधबार) पुनः ३१ दशमलव २१ अंकले घटेर १८ सय ९३ दशमलव ५३ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ९४ अंकले घटेर तीन सय ६९ दशमलव १५ अंकमा झरेको छ ।

दुई सय २९ कम्पनीको २० हजार चार सय २० पटकको कारोबारमा ३० लाख ३४ हजार चार सय ८३ कित्ता सेयर खरिद-बिक्री भएको छ । जसकारण आज कुल कारोबार रकम ८४ करोड ३७ लाख ७३ हजार चार सय ५९ रुपैयाँ मात्र पुगेको छ ।

आज १३ समूहको कारोबार भएकामा १३ वटैको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १६ दशमलव ४१ अंकले घटेर १३ सय ३५ दशमलव ७० अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ८९ दशमलव ५९ अंकले घटेर तीन हजार एक सय ६१ दशमलव ९३ अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक ५३ दशमलव ५८ अंकले घटेर २१ सय दशमलव ९८ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक एक सय ५५ दशमलव २२ अंकले घटेर सात हजार ६ सय ५१ दशमलव ९९ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि एक सय ३२ दशमलव २२ अंकले घटेर आठ हजार नौ सय ८० दशमलव ४२ अंकमा झरेको छ ।

यस्तै फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज ग्लोबल आईएमई समुन्नत योजन १ को प्रतियुनिट सेयर मूल्य १० दशमलव पाँच प्रतिशतले बढेर नौ रुपैयाँ ७५ पैसामा कारोबार हुँदा युनाइटेड इदी मर्दी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव ४८ प्रतिशतले घटेर ६ सय १५ रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नबिल बैंकको प्रतिकित्ता सात सय ८२ रुपैयाँ अन्तिम मूल्यमा तीन करोड ३९ लाख ६६ हजार पाँच सय ४८ रुपैयाँ ६० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया