बिहीबार, वैशाख १३, २०८१

३१ जनामा कोरोना, १४२ जना सक्रिय संक्रमित

नेपालखोज २०७९ असार ८ गते १६:४२

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार ५७५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, ८५० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल १४२ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप १० जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । गत चौबीस घण्टामा थप १ लाख २ हजार ९३३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया