आइतबार, असार १२, २०७९

पाकिस्तानमा बस दुर्घटना, पाँचको मृत्यु, १० घाइते

नेपालखोज २०७९ असार ८ गते २०:१६

बालतिस्तान । पाकिस्तानमा भएको बस दुर्घटनामा परि कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार घटनामा परी अरु १० जना घाइते भएका छन् ।

पाकिस्तान नियन्त्रित काश्मिर अन्तर्गत पर्ने गिल्गीत बालतिस्तानमा यात्रु बहाक बस गहिरो नदीमा खसेको थियो । घुम्तीमा तीव्र गतिमा चलाएकाले बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

घटनाका बारेमा अनुसन्धान भइरहेको पनि उनीहरूको भनाइ छ । दुर्घटनामा परेको बसमा १५ जना यात्रु थिए । घाइते भएकाहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

यसअघि गत जुन ८ मा पनि बालोचिस्तानमा भएको दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो । त्यतिबेला यात्रु बहाक भ्यान झण्डै १०० फिट तल खोँचमा खसेको थियो

प्रतिक्रिया