बिहीबार, वैशाख १३, २०८१

राष्ट्रिय टिमबाट बाहिर राखेका सबै खेलाडीलाई फिर्ता बोलाउने निर्णय

नेपालखोज २०७९ असार ८ गते २१:३५

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टिमबाट बाहिर राखेका सबै खेलाडीलाई ससम्मान राष्ट्रिय टिममा फिर्ता बोलाउने निर्णय गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले राष्ट्रिय टिमबाट बाहिर परेका सबै खेलाडीलाई स-सम्मान फिर्ता बोलाउने निर्णय गरेको हाे

मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो अनुमतिविना बन्द प्रशिक्षण छाडेको भन्दै रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, विशाल राईसहित १० खेलाडीलाई राष्ट्रिय टोलीबाट निकालेका थिए ।

प्रतिक्रिया