आइतबार, असार १२, २०७९

एन्फाकाे विदेश विभाग प्रमुखमा नवीन पाण्डे

नेपालखोज २०७९ असार ८ गते २१:१५

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विदेश विभाग प्रमुखमा नवीन पाण्डेलाई मनोनीत गरेको छ । बुधबार बसेको एन्फाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले उनलाई विदेश विभाग प्रमुखमा मनोनीत गरेको हो ।

यसअघि उनी कर्मा छिरिङ शेर्पा नेतृत्वको एन्फामा पनि विदेश विभाग प्रमुख र अध्यक्षका प्रमुख सल्लाहकार बनेका थिए । 

प्रतिक्रिया