शुक्रबार, वैशाख १४, २०८१

ब्रेन हेम्रेजको रोकथाम

डा. रवीन्द्र पाण्डे २०७९ असार ९ गते ९:५९

आजभोलि ब्रेन हेम्रेज (मस्तिष्कको रक्तनली फुट्ने ) निकै ठूलो समस्याको रुपमा देखा परेको छ । हृदयघातभन्दा मस्तिष्कघात हरेक हिसाबले निकै जोखिमपूर्ण र खर्चिलो छ । यो समस्या ५० वर्ष तलका व्यक्तिलाई अधिक देखिएपनि सबै वर्ग र समूह जोखिममा रहेका छौं ! यसबाट बच्न सकिन्छ, रोकथाम गर्न सकिन्छ ।

-नियमित रक्तचाप परिक्षण गर्ने तथा औषधि सेवन गरेर नियन्त्रणमा राख्ने ।

– समय / समयमा कोलेस्टेरोल परिक्षण गरि नियन्त्रणमा राख्ने ।

– मधुमेह भएमा औषधि सेवन गरि नियन्त्रणमा राख्ने ।

– चुरोटको सेवन नगर्ने ।

– गाडीमा सिटबेल्ट, बाइक / स्कुटी/ साइकल चलाउँदा / पछाडि बस्दा बलियो हेल्मेट लगाएर टाउकोको रक्षा गर्ने ।

– मदिरा सेवन नगर्ने वा अल्प मात्रामा मात्र सेवन गर्ने ।

– क्याफिनको मात्रा धेरै हुने सोडा, कोल्ड ड्रिंक्सको सेवन सकभर नगर्ने ।

– रिस, आवेग, कुण्ठा, इर्श्या, अस्वस्थ्य प्रतिस्पर्धा, अधिक महत्वाकांक्षा, नकारात्मक सोंच, अधिक संबेदनशिलता त्यागेर ‘ Cool ‘ जीवन बिताउने ।

– एकोहोरो रुपमा लामो समय मस्तिष्कलाई भार दिने काम नगर्ने । मानसिक, शारीरिक, आध्यात्मिक, सामाजिक, पारिवारिक एवं व्यक्तिगत जीवनलाई पनि प्राथमिकता दिने ।

– सधै मेसिनले झैं काम नगर्ने । आहार, निद्रा, आराम, घुमफिर, नाचगान, ब्यायाम, योग, ध्यान आदि गरेर जीवनलाई सरल बनाउने ।

– प्राकृतिक आहारविहार र स्वस्थ जीवनशैली अपनाउने ।

– गाँजा लगायत ड्रगको सेवन नगर्ने ।

– आफ्नो तौल सन्तुलनमा राख्ने ।

– योग, ध्यान, प्राणायाम आदिबाट अक्सिजनको मात्रा बढाउने ।

– आकस्मिक दुखद समाचार वा बियोगान्तक अवस्थामा आफुलाई नियन्त्रण गर्न सक्ने बनाउन ध्यानको अभ्यास गर्ने ।

– जथाभावी औषधिको सेवन नगर्ने

– मस्तिष्कमा ट्युमर भए / नभएको आवश्यकता अनुसार परिक्षण गर्ने र भएमा उपचार गर्ने ।

– हाच्छ्यु गर्दा बिस्तारै गर्ने ।

– कब्जियत भएमा धेरै बल प्रयोग नगर्ने ।

– क्षमताभन्दा धेरै ब्यायाम नगर्ने ।

– उत्तेजक औषधिको सेवन गरेर सम्पर्क नगर्ने ।

– जीवनशैली जटिल, अव्यवहारिक, तनाव हुने प्रकृतिको नबनाउने ।

सबैभन्दा महत्वपूर्ण रोकथामको उपाय भनेको रक्तचाप, कोलेस्टेरोल र मधुमेह पुरै नियन्त्रणमा राख्न नियमित जाँच गर्ने, चिकित्सकको सल्लाह अनुसार नियमित औषधिको सेवन गर्ने, औषधि कुनै पनि हालतमा नछोड्ने तथा स्वस्थ जीवनशैली अपनाउनु नै हो ।

प्रतिक्रिया