शुक्रबार, वैशाख ७, २०८१

नेप्सेको उच्च अंकको गिरावट कायमै, ४५ अंकले घट्दा पनि १ अर्ब ४९ करोडको कारोबार

नेपालखोज २०७९ असार ९ गते १६:२८

काठमाडौं । नेप्सेको उच्च गिरावटले साताको पाँचौं कारोबार दिन पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ३१ दशमलव २१ अंकले घटेको नेप्से साताको पाँचौं कारोबार दिन आज (बिहीबार) पनि ४५ दशमलव २५ अंकले घटेर १८ सय ४८ दशमलव २८ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव शून्य ६ अंकले घटेर तीन सय ६२ दशमलव नौ अंकमा झरेको छ ।

दुई सय ३७ कम्पनीको ३३ हजार चार सय ६० पटकको कारोबारमा ५० लाख आठ हजार सात सय ७१ कित्ता सेयर खरिद बिक्री भएको छ । कुल कारोबार रकम एक अर्ब ४९ करोड ९७ लाख नौ हजार ६ सय ३५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा सबै समूहको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २१ दशमलव २९ अंकले घटेर १३ सय ५१ दशमलव ११ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि एक सय १९ दशमलव ८६ अंकले घटेर तीन हजार ३९ दशमलव ४६ अंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक ८६ दशमलव ३६ अंकले घटेर दुई हजार १४ दशमलव ६६ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक दुई सय १८ दशमलव पाँच अंकले घटेर सात हजार चार सय ३३ दशमलव ९३ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक एक सय ४३ दशमलव ३८ अंकले घटेर आठ हजार आठ सय ३७ दशमलव चार अंकमा झरेको छ । फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज आँधीखोला लघुवित्त वित्तीय संंस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर नौ सय ६० रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा शिवश्री हाइड्रो पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ५६ प्रतिशतले घटेर दुई सय २७ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज कुमारी बैंकको प्रतिकित्ता एक सय ९४ रुपैयाँ अन्तिम मूल्यमा नौ करोड ५३ लाख १२ हजार पाँच सय १० रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया