शुक्रबार, वैशाख ७, २०८१

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७९ असार ९ गते १७:५३

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । रामेछाप, लिखु तामाकोशी गाउपालिका वडा नं. ५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने २८ वर्षीय अरुण खड्कालाई बुधबार काठमाडौंको तिनकुनेबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले जनाएको छ । सिआईबीका अनुसार पक्राउ परेका खड्कामाथि चार दिन कैद र १० लाख १२ हजार रुपैंयाँ जरिवाना तोकिएको छ ।

प्रतिवादी खड्काले पर्याप्त मौज्दात रकम नभएको प्रभु बैंक लिमिटेड, कोटेश्वर शाखामा रहेको आफ्नो नामको खाताबाट रकम भुक्तान हुने भनी जानी–जानी जाहेरवालालाई झुक्याएर मिति २०७७/०५/०६ मा दिएको चेकको रकम भुक्तान हुन नसकेको भन्ने बैंकिङ कसूर मुद्दामा प्रतिवादीलाई उच्च अदालत पाटनबाट बैंकिङ् कसुर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवाना हुने ठहर भएको थियो ।

सो अनुसार उक्त सजाय वेरुजु भई फरार रहेका खड्कालाई ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले बुधबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि बिहिबार ललितपुर जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जानकारी दिएको छ ।

प्रतिक्रिया