शुक्रबार, वैशाख १४, २०८१

काठमाडौंको असनमा सेन्चुरी बैंकको नयाँ शाखा

नेपालखोज २०७९ असार ९ गते १८:३२

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौं २५, असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकका सञ्चालक समिति सदस्य प्रा.डा. गीता प्रधान र असन २५ का वडाध्यक्ष राजेश डंगोलले असन शाखाको संयुक्त रूपमा उद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलगायत उच्च व्यवस्थापन समूह, स्थानीय बासिन्दाको उपस्थिति थियो । असन शाखा सञ्चालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २८ पुगेको छ ।

२०७८ चैत मसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रदान गरी एक अर्ब एक करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याई सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १४५ पुगेको छ भने १० एक्सटेन्सन काउन्टर २४ शाखारहित बैंकिङ र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया