बिहीबार, वैशाख १३, २०८१

अफगानिस्तान भूकम्प : खाने र बस्ने ठाउँ छैन, बढ्यो हैजाको डर

नेपालखोज २०७९ असार १० गते ९:४०

काठमाडाैं । अफगानिस्तानमा दुई दशकयता आएको सबैभन्दा विध्वंसकारी भूकम्पबाट बच्न सफल भएकाहरूले आफूहरूसँग खान र बस्नका लागि केही नभएको तथा सम्भावित हैजाको प्रकोपको डर लागेको बताएका छन् ।

बुधबार बिहान भूकम्पको धक्का महसुस भएपछि आगा जान आफ्नो परिवार बसेको कोठातर्फ हतारिँदै पुगे ।

‘तर सबैकुरा भग्नावशेषमा पुरिएका थिए,’ उनले बीबीसीलाई भने । ‘त्यहाँ मेरो बेल्चा पनि पुरिएको थियो । मैले गर्न सक्ने केही थिएन । मैले सहयोगको लागि मेरा भतिजाहरूलाई बोलाएँ तर जुनबेला हामीले मेरो परिवारलाई बाहिर निकाल्यौँ, उनीहरू जीवित थिएनन् ।’

प्रतिक्रिया