बुधबार, वैशाख १२, २०८१

ओप्पो ए१६केमा थ्रीडी स्लिक डिजाइन र लङ-लास्टिङ ब्याट्री

नेपालखोज २०७९ असार १० गते १२:४०

काठमाडौं । ओप्पो ए१६के ३ जिबी र्‍याम + ३२ जिबी रोम र ४ जिबी र्‍याम + ६४ जिबी रोम लार्ज मेमोरी र स्टोरेजका साथ अब बजारमा उपलब्ध छ । ३ जिबी भेरियन्टको मूल्य मात्र रु. १५,९९० र ४ जिबी भेरियन्टको मूल्य १७,९९० कायम गरिएको छ ।

‘पछिल्ला केही वर्षमा, प्रविधिको विकासले विश्व र मानव जीवनमा नवीनतम परिवर्तन ल्याइरहेको छ । अग्रणी प्रविधिहरुका साथ ओप्पो सबैका मागहरु पूरा गर्न प्रतिबद्व छ । जीवन, सपना र सद्गुणजस्ता सामाजिक जिम्मेवारी पूरा गर्छौं र धेरै मानिसरु र उद्योगहरुलाई लाभ पुर्‍याउँछौं । यो दिगो विकासको भावना हो जसलाई सबैसँग मिलेर समाजलाई अगाडि बढाइरहेको छौं,’ विज्ञप्तिमार्फत ओप्पोले भनेको छ ।

ओप्पोले थ्रीडी स्लिक डिजाइन, उत्पादन प्रक्रिया, स्टाइलिस र टिकाउ उपकरण उत्पादन गर्दै ओप्पो ए१६के को १६.६६ से.मी. ६.५२ एच् डी वाटरड्रप स्क्रिनलाई थप परिमार्जित र १६००x७२० डिस्प्लेको साथ अपग्रेड गरिएको छ । जहाँ चार गोलाकार कुनाहरुलाई पोइन्ट कर्नरहरुका रुपमा लिइएको छ । यो ४२३० एमएएच् लामो समयसम्म चल्ने ब्याट्रीले सुसज्जित छ ।

यो फोनको रियर क्यामेरामा कस्मोपोलिटन, ऐस्ट्रल र ड्याजलसहित तीन नयाँ नाइट फिल्टर सुविधा थप गरिएको छ । यी सबै प्रयोगकर्तालाई सुन्दर, व्यावसायिक सटहरु खिच्न मद्दत गर्न डिजाइन गरिएको हो । यसमा 5x डिजिटलजुमको साथ १३ एमपी फ्रन्ट क्यामेरा छ । यसले प्रयोगकर्ताहरुलाई उत्पादनशील र मनोरञ्जन गर्न आवश्यक परेको बेला थप क्षमता गर्दछ ।

थप रुपमा, ए१६के मा भिडियो प्यारामिटरहरु, भिडियो फिल्टर शैलीहरु Soloop सम्पादन सुविधाहरु पनि पाइन्छ, यसमा सफ्ट, आफ्टरनुन्, लाइट फिल्म, रिच, प्योर, प्लेन, नोस्टाल्जिक, वेस्टर्न, ट्वाइलाइट र मोनोक्रोम जस्ता १० फिल्टर समावेश छन् । Soloop सम्पादनमा संगीत, सम्पादन, उपशीर्षक र फिल्टरहरु पहिचान गर्न सकिन्छ ।

यसबाहेक, यसले आफ्नो एआई इन्जिनमार्फत दृश्यको चमक र रंग पुनर्स्थापना गर्दछ । फोटो थप जीवन्त र प्राकृतिक देखाउन इमेज र त्यसपछि इमेज रंगहरु पुनः निर्माण गर्न पिक्सेल स्तरको कलर म्यापिङ एल्गोरिथम प्रयोग गरिएको छ । यहाँ ब्याक क्यामेराका लागि तीनवटा नयाँ नाइट फिल्टरहरु छन्- कस्मोपोलिटन, ऐस्ट्रल र ड्याजल यी सबै प्रयोगकर्ताहरुलाई सुन्दर, व्यावसायिक सटहरु खिच्न मद्दत गर्न डिजाइन गरिएको हो । ओप्पो A16K को मुनलाइट डिस्प्ले, सनलाइट डिस्प्ले र एआई स्मार्ट ब्याकलाइटले दिनभरि प्रयोगकर्ताको आँखाको ख्याल राख्छ । स्क्रिन पुल डाउन गरी एप आइकनहरु छेउमा राख्न सक्दछ र उक्त आइकनहरु छोडी एप खोल्न सक्दछ । साथै, सामाजिक मिडिया ब्राउज चलाउँदा वा गेम खेल्दा ल्याग-फ्रि स्मुथनेसको लागि सिस्टम बुस्टर सफ्टवेयर अप्टिमाइजर, अक्टा-कोर चिपका साथै 1TB सम्म स्टोरेज बढाउन सकिन्छ ।

प्रतिक्रिया