सोमबार, वैशाख २४, २०८१

पेट्रोलियम पदार्थको मूल्य घट्यो : डिजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ रुपैयाँ

नेपालखोज २०७९ असार ११ गते १३:२३

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार पत्रकार सम्मलेन गर्दै सो कुराको जानकारी दिएका हुन् । उनले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

मन्त्री बडूले डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिएका छन् । कर कटौती भएसँगै डिजेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ र पेट्रोलको मूल्य १७९ रुपैयाँ पर्ने भएको छ ।

नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाएको थियो । अहिले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल र मट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ । यता नेपाल आयल निगमले भने आजै (शनिबार) राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्ने भएको छ ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिएको थियो । पेट्रोलियमपदार्थको भाउ एक्कासि बढेपछि चौतर्फी विरोध हुँदै आएको थियो ।

प्रतिक्रिया