रुकुमपूर्वमा सबै पालिकाका बजेट सार्वजनिक
रुकुमपूर्व । रुकुमपूर्वमा सबै स्थानीय तहले आगामी आर्थक वर्षको बजेट सार्वजनिक गरेका छन् । असार ९ गते आगामी आर्थिक वर्षको नीति कार्यक्रम गाउँसभामा पेश गरेका तीन वटै गाउँपालिकाले १० गते बजेट गाउँसभामा पेश गरेका हुन् । सिस्ने गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि रु ५७ करोड ७६ लाख ४० हजार ४६४ पेश गरेको छ ।
जसमा संघीय सरकार समानीकरण अनुदान १२ करोड २४ लाख रुपैयाँ, संघीय सरकार सशर्त अनुदान २२ करोड ९७ लाख रुपैयाँ, सङ्घीय सरकार राजस्व बाँडफाँट आठ करोड ९८ लाख ४७ हजार रुपैयाँ रहेको छ । संघीय सरकार विशेष अनुदान एक करोड ७० लाख रुपैयाँ, सङ्घीय सरकार समपूरक अनुदान दुई करोड २० लाख रुपैयाँ, आर्थिक वर्ष २०७८/७९ को बजेट दुई करोड १४ लाख ४१ हजार ४ सय ६४ रुपैयाँ रहेको छ ।
प्रदेश सरकार समानीकरण अनुदान ६६ लाख ६४ हजार रुपैयाँ, प्रदेश सरकार सशर्त अनुदान एक करोड २० लाख रुपैयाँ, प्रदेश सरकार विशेष अनुदान ६० लाख रुपैयाँ, प्रदेश सरकार समपूरक अनुदान एक करोड ५० लाख रुपैयाँ रहेको छ ।
भूमे गाउँपालिकाले आव २०७९/८० का लागि ५३ करोड ४२ लाख १२ हजार ४५२ रुपैयाँ बजेट गाउँसभामा पेश गरेको छ । गाउँपालिकाका उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सविना बुढा मगरले शुक्रबार गाउँसभामा आगामी आवको बजेट पेश गरे ।
कूल विनियोजनमध्ये चालुतर्फ ३३ करोड छ लाख ४० हजार ४३०रुपैयाँ रहेको छ भने पुँजीगततर्फ १९ करोड ३५ लाख ७२ हजार रहेको छ ।
यसैगरी वित्तीय समानीकरण अनुदानबाट १२ करोड ९४ लाख ७४ हजार रुपैयाँ, सशर्त अनुदानबाट २१ करोड १४ लाख रुपैयाँ र स्थानीय जनसहभागिताबाट ४० लाख रुपैयाँ स्रोत बेहोरिने पालिकाले जनाएको छ । समपूरक अनुदानबाट दुई करोड रुपैयाँ, विशेष अनुदानबाट एक करोड ६० लाख रुपैयाँ बेहोरिने भएको छ ।
पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढाले आर्थिक वर्ष २०७९/८० का लागि ५१ करोड २६ लाख ३९ हजार रुपैयाँ बजेट गाउँसभामा पेश गरे । जसमा संघीय सरकारको वित्तीय समानीकरण अनुदान ११ करोड ५५ लाख रुपैयाँ छ । संघीय सरकारको राजस्व बाँडफाँट १० करोड १३ लाख ५५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । लुम्बिनी प्रदेशको वित्तीय समानीकरण अनुदान ६३ लाख ४७ हजार रुपैयाँ, राजस्व बाँडफाँट ६६ लाख ३५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । गाउँपालिकाको आन्तरिक स्रोत ५० लाख रुपैयाँ र गत आवको मौजाद ५० लाख रुपैयाँ छ ।
यस्तै आर्थिक विकासतर्फ एक करोड ५० लाख रुपैयाँ अनुमानित बजेट छ । जसमा कृषि र पशुमा ६०/६० लाख रुपैयाँ र पर्यटनमा ३० लाख रुपैयाँ रहेको छ । समाजिक विकासतर्फ सात करोड ६० लाख रुपैयाँ अनुमानित बजेट छ । यसमा शिक्षातर्फ पाँच करोड ५० लाख रुपैयाँ, स्वास्थ्यमा रु ९० लाख र लैङ्गीक समानता तथा समाजिक समावेशीकरणमा एक करोड २० लाख रुपैयाँ रहेको छ । पूर्वाधारतर्फ अनुमानित बजेट सात करोड ४८ लाख ३९ हजार रुपैयाँ छ । जसमा प्रदेश सरकार समपूरक अनुदान एक करोड २५ लाख रुपैयाँ, प्रदेश सरकार समपूरक अनुदान दायित्व एक करोड २५ लाख रुपैयाँ रहेको छ ।
वन वातावरण तथा विपद् व्यवस्थापनमा अुनमानित बजेट ४० लाख रुपैयाँ छ । जसमध्येमा फोहरमैला व्यवस्थापन एवं वृक्षरोपण कार्यक्रममा १० लाख रुपैयाँ र विपद् व्यवस्थापनमा ३० लाख रुपैयाँ रकम प्रस्ताव गरिएको छ । तीनवटै पालिकाको गाउँसभामा पेश भएको बजेटमाथि छलफल सुरु गरिएको छ ।-रासस
प्रतिक्रिया