मंगलबार, वैशाख ४, २०८१

थुनुवामा रहेका कैदीको मृत्यु

नेपालखोज २०७९ असार ११ गते १४:४१

सिन्धुपाल्चोक । थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनमा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका ५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो ।

आज बिहान रिँगाटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद चौधरीले जानकारी दिए ।

गत कात्तिक महिनामा प्रहरीले गोलेलाई पक्राउ गरी थुनामा राखेको थियो । मृतकको आफन्त आइपुगेपछि शवपरीक्षण गरिने अस्पतालले जनाएको छ । -रासस

प्रतिक्रिया