शनिबार, वैशाख १५, २०८१

२७ जनामा कोरोना, १६ जना डिस्चार्ज

नेपालखोज २०७९ असार ११ गते १७:०५

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ९३७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै ८६५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल १८८ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप १६ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार ३७२ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ८ प्रतिशत छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ५६ हजार ६८८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया