बुधबार, वैशाख १२, २०८१

अमेरिकी एक डलरको खरिददर १२५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १२५ रुपैयाँ ६६ पैसा

नेपालखोज २०७९ असार १२ गते ७:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १२५ रुपैयाँ ६६ पैसा रहेको छ । त्यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ  ७३ पैसा र बिक्री दर १३२ रुपैयाँ ३६ पैसा रहेको बैकले उल्लेख गरेकाे छ ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिद दर १५३ रुपैयाँ ५८ पैसा र बिक्री दर १५४ रुपैयाँ ३२ पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २३ पैसा र बिक्री दर ३४ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी यान १० काे खरिददर ९ रूपैयाँ २५ पैसा रहेकाे छ भने बिक्रीदर ९ रूपैयाँ ३० पैसा रहेकाे छ । साथै साउदी रियाल एककाे खरिददर ३३ रूपैयाँ ३३ पैसा रहेकाे छ भने बिक्रीदर ३३ रूपैयाँ ४९ पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।

प्रतिक्रिया