बिहीबार, वैशाख २०, २०८१

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

नेपालखोज २०७९ असार १२ गते ८:२५
फाइल तस्बिर

काठमाडाैं । प्रतिनिधिसभाको बैठक बस्दै छ ।  बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद् सचिवालयले जनाएकाे छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा वार्षिक प्रतिवेदन, दुईवटा विधेयक पेस गर्ने तथा एउटा सम्झौतामा छलफल गर्ने सम्भावित कार्यसूची रहेछ । 

त्यस्तै, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ ।

प्रतिक्रिया