शुक्रबार, वैशाख ७, २०८१

आगामी तीनदिन यी नदीमा बढ्ने छ बहाव, उच्च सतर्कता अपनाउन विभागकाे अनुराेध

नेपालखोज २०७९ असार १२ गते १०:०५

काठमाडाैं । आगामी ३ दिन कोशी, नारायणी, कमला, वाग्मती र यसका साना सहायक नदीहरुमा जल सतह उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाहाखाले जनाएकाे छ ।

त्यस्तै, कर्णाली, महाकाली, कन्काई, पश्‍चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव बढ्ने तथा सतर्कता तहभन्दा तलै रहने विभागले जनाएकाे छ ।

यसैबीच, कास्कीको लुम्ले र जुमलेटी वर्षा मापन केन्द्रमा पछिल्लो ६ घण्टा अति भारी वर्षा मापन भएको विभागले जनाएकाे छ । यी क्षेत्र आसपासको साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमीनमा पहिरो जान सक्ने भएकाले उच्च सतर्कता अपनाउँन विभागले अनुराेध गरेकाे छ ।

प्रतिक्रिया