मंगलबार, वैशाख ४, २०८१

टी–ट्वान्टी क्रिकेटको उपाधि राधेमाईलाई

नेपालखोज २०७९ असार १४ गते २०:५८

काठमाडौं । अपन राधेमाई युथ क्लब, वीरगन्जले यु–१६ नेक्सस कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको उक्त प्रतियोगिताको फाइनलमा राधेमाईले आयोजक नेक्सस क्रिकेट एकेडेमीलाई ३९ रनले पराजित गर्दै उपाधि जितेको हो । मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ८२ रन बनायो । नेक्ससले ११।४ ओभरमा सबै विकेट गुमाएर मात्र ४३ रन बनाउन सक्यो ।

राधेमाईका लागि सगिर मियाले २१ तथा सफ्वान अलीले १९ रन जोडे । बलिङतर्फ नेक्ससका हिमाल न्यौपाने र चन्दु यादवले २–२ विकेट लिए ।

ब्याटिङतर्फ नेक्ससका सन्दीप विष्टले ३० रन बनाए । नेक्सससलाई सस्तैमा समेट्ने क्रममा राधेमाईका अनिश साह कानु एक्लैले ५ विकेट लिए । उपाधिसँगै राधेमाईले एक लाख रुपैयाँ पुरस्कार हात पा¥यो भने उपविजेतामा सीमित नेक्ससले ७५ हजार रुपैयाँ प्राप्त ग¥यो ।

मोफसलको टोलीले उपाधि जितेको यो तेस्रो पटक हो । पहिलो संस्करणमा महेन्द्रनगरको सनराइज र दोस्रोमा वीरगञ्जको युनाइटेड क्लबले उपाधि जितेको थियो । प्रतियोगितामा राधेमाईका अनिश ‘म्यान अफ द सिरिज’ का साथै उत्कृष्ट बलर घोषित भए । नेक्ससका उत्तम थापामगर उत्कृष्ट ब्याट्र चुनिए । उदीयमान खेलाडीको उपाधि काठमाडौं क्रिकेट टे«निङ सेन्टर केसीटीसीका कमल शाहीले जिते ।

विजेतालाई काठमाडौं जिल्ला क्रिकेट सङ्घका उपाध्यक्ष विजय शर्मा, नेक्ससका अध्यक्ष भरतकुमार शाहीलगायतले पुरस्कार प्रदान गरे । यही असार ६ गते सुरु भएको प्रतियोगितामा मोफसलका पाँचसहित १२ टोली सहभागी थिए ।

प्रतिक्रिया