शुक्रबार, वैशाख १४, २०८१

काठमाडौँमा १४ जनामा हैजा देखियो

नेपालखोज २०७९ असार १५ गते १८:१९

काठमाडौं । काठमाडौं उपत्यकामा १४ जनामा हैजा देखिएको छ । गृह मन्त्रालयमा आज आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उनीहरु उपचारपश्चात् घरफर्केको भएको जानकारी दिए ।

हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ । हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष आइसियूमा राखेर उपचार गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया