बिहीबार, चैत १५, २०८०

कुमारी बैंकका ग्राहकलाई माया मेट्रोमा १० प्रतिशत छुट

नेपालखोज २०७९ असार १५ गते २१:१६

काठमाडौं । कुमारी बैंक लिमिटेड र धनगढी, कैलालीस्थित माया मेट्रो अस्पतालबीच सम्झौता भएको छ । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकलाई माया मेट्रोबाट प्रदान गरिने स्वस्थोपचारसम्बन्धी सेवामा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सम्झौता अनुसार कुमारीका ग्राहकले अस्पतालबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिटरक्रेडिट कार्डबाट गर्दा ल्याब, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राम, एन्डोसकोपी, बेड चार्जमा १० प्रतिशत छुट र ओटी, एम्बुलेन्स सेवामा पाँच प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यसबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको विज्ञप्तिमार्फत जनाइएको छ ।

बैंकले आफ्ना देशव्यापी १९७ शाखा सन्जाल, १८६ एटीएम, ४५ शाखारहित बैंकिङ एकाइ तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सुविधा दिँदै आएको छ । साथै बैंकले आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लैजाने पनि जनाएको छ ।

प्रतिक्रिया