शुक्रबार, चैत १६, २०८०

देशभर आंशिकदेखि सामान्य बदली रहने, पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालखोज २०७९ असार १६ गते ६:०२

काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनी न्यून चापीय रेखा औसतभन्दा उत्तर तिर (नेपालको दक्षिणी भू-भाग नजिक) रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले उल्लेख गरेकाे छ ।

आज दिउँसो देशभर सामान्य बदली रहने तथा देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ । साथै प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले उल्लेख गरेकाे छ ।

त्यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशभर केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया