शुक्रबार, वैशाख १४, २०८१

स्विडेन र फिनल्यान्डमा नेटो सेना तैनाथ भए उचित जवाफ दिने रुसी राष्ट्रपति पुटिनको चेतावनी

नेपालखोज २०७९ असार १६ गते ८:०६

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोको साम्राज्यवादी महत्वाकांक्षा तीब्र भएको आरोप लगाएका छन ।
अहिलेसम्म तटस्थ राष्ट्र दाबी गर्दै आएका स्वीडेन र फिनल्याण्डले पनि नेटो सदस्यता लिने तयारी थालेपछि रुसी राष्ट्रपतिको यस्तो टिप्पणी आएको हो ।
रुसको राष्ट्रिय टेलिभिजनसँगको कुराकानीमा पुटिनले युक्रेनसँग जस्तो रुसको स्वीडेन र फिनल्याण्डसँग समस्या नरहेको भन्दै उनीहरू नेटोमा सामेल हुनसक्ने बताए । तर, स्वीडेन र फिनल्याण्डमा सैनिक तैनाथी गरियो भने रुसले आफ्नो सुरक्षामा चुनौती थपिएको ठान्ने र त्यतिबेला उचित जवाफ दिने चेतावनी पनि दिए । स्वीडेन र फिनल्याण्डको नेटो सदस्यताको तयारीबारे पूर्व सोभियत राज्यहरू तथा मध्य एशियाली देशका नेताहरूसँगको छलफलपछि पुटिनले आफ्नो धारणा सार्वजनिक गरेका हुन ।

स्वीडेन र फिनल्याण्डसँग रुसको सम्बन्धबारे टिप्पणी गर्दै पुटिनले भने “अहिलेसम्म सबैकुरा ठीकै थियो तर अब रुसको सुरक्षा चुनौति बढ्ने भएकाले पक्कै पनि तनाव उत्पन्न हुनसक्छ” । पछिल्लो समय रुसी सेनाले युक्रेनमा निकै योजनावद्ध कारबाही गरिरहेको भन्दै उहाँले गैरसैनिक नागरिकहरू हताहत हुने गरी आफ्ना सेनाले आक्रमण नगरेको दाबी पनि गरे। पुटिनले युक्रेन युद्धको जिम्मेवार पनि नेटो भएको जिकीर गरे ।

प्रतिक्रिया