बिहीबार, चैत १५, २०८०

बुटवलमा जंगली च्याउ खाँदा १९ जना बिरामी, ६ जना सिकिस्त

नेपालखोज २०७९ असार १६ गते ८:३१

बुटवलमा जंगली च्याउ खाँदा एकैगाउँका १९ जना बिरामी भएका छन् ।

उनीहरुमध्ये ६ जनाको अवस्था गम्भीर छ । बुधबार जंगलबाट ल्याएको च्याउ खाएपछि उनीहरु बिरामी परेका थिए । च्याउ खाएर बिरामी परेका सबै बेहोस भएका थिए । गम्भीर बिरामी हुनेमा बुटवल उपमहानगरपालिका वडा नं १२ नयाँगाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।

उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया