मंगलबार, चैत ६, २०८०

अविरल वर्षापछि धनगढीको बजार क्षेत्र जलमग्न

नेपालखोज २०७९ असार १६ गते ११:१०

धनगढी । दुई दिनदेखिको अविरल वर्षापछि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी उपमहानगरपालिकाको बजार क्षेत्र जलमग्न भएको छ ।

उपमहानगरपालिकाको वडानम्बर १,२,३,५ लगायतका क्षेत्र जलमग्न भएका हुन् ।धनगढीमा पानीको निकास नहुँदा बर्सेनि सामान्य वर्षामासमेत जलमग्न भएपछि स्थानीयवासीले डुबानको समस्या भोग्ने गरेका छन् । धनगढीमा मंगलबारदेखि परिरहेको पानी बिहीबार बिहानसम्म रोकिएको छैन । वर्षा नरोकिएमा नगर क्षेत्र डुबानमा पर्ने चिन्ता व्यक्त गरिएको छ ।

प्रतिक्रिया