शनिबार, वैशाख २९, २०८१

सूचक तथा कारोबार रकम दुवै बढ्यो, ७४ अंकले बढेर २,०३७ अंकमा पुग्यो नेप्से

नेपालखोज २०७९ असार १६ गते १५:३२

काठमाडौं । नेप्से सुधारोन्मुख दिशामा देखिएको छ । अघिल्लो दिन ४१ दशमलव ३९ अंकले बढेको नेप्से साताको पाँचौं कारोबार दिन आज (बिहीबार) पनि ७४ दशमलव ९३ अंकले बढेर दुई हजार ३७ दशमलव ६४ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ६३ अंकले बढेर तीन सय ९१ दशमलव ७८ अंकमा पुगेको छ ।

दुई सय २७ कम्पनीको ४७ हजार तीन सय ९२ पटकको कारोबारमा ७२ लाख ५४ हजार ७० कित्ता सेयर खरिद–बिक्री भएको छ । जसकारण कुल कारोबार रकम दुई अर्ब ४५ करोड ८६ लाख १९ हजार चार सय ९५ रुपैयाँ पुगेको छ ।

१३ समूहको कारोबार भएकामा आज १३ वटैको सूचक बढेर नेप्से पूरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २९ दशमलव ६८ अंकले बढेर १३ सय ८० दशमलव ५४ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक दुई सय चार दशमलव ४४ अंकले बढेर तीन हजार पाँँच सय ३८ दशमलव नौ अंकमा चढेको छ ।

जलविद्युत् समूहको सूचक एक सय ६ दशमलव एक अंकले बढेर २२ सय ८७ दशमलव ६६ अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक तीन सय ७८ दशमलव दुई अंकले बढेर आठ हजार दुई सय ९० दशमलव ८१ अंकमा चढेको छ । यसैगरी जीवन बिमा समूहको सूचक पनि दुई सय ९६ दशमलव पाँच अंकले बढेर नौ हजार नौ सय ६९ दशमलव ५१ अंकमा चढेको छ ।

फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज नेपाल फाइनान्सको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर दुई सय ७३ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा ग्लोबल आईएमई बैंकको ऋणपत्रको प्रतियुनिट सेयर मूल्य तीन दशमलव ८९ प्रतिशतले घटेर नौ सय २३ रुपैयाँ अन्तिम मूल्यमा कारोबार भएको छ ।

यसैगरी शिवम् सिमेन्टको प्रतिकित्ता सात सय ७४ रुपैयाँ अन्तिम मूल्यमा नौ करोड ९५ लाख २० हजार छ सय २० रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कुल कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया