बिहीबार, चैत १५, २०८०

इस्लाम धर्मका ५ विधि-विधान, जसले बनाउँछ अनुशासित !

नेपालखोज २०७९ असार १७ गते ५:०१

एउटा मुस्लिमले जीवनसँग सम्बन्धित इस्लामको विधि-विधान, उपासनाको तरिका, व्यवहारिक तथा सामाजिक कुराहरू सिक्नु अति आवश्यक छ । ताकि ऊ पूर्ण आत्मविश्वासका साथ र ज्ञानको प्रकाशमा उपासना गर्न सकोस् । रसुल (सल्लल्लाहु अलैही व सल्लम) ले भन्नुभएको छ- ‘अल्लाहले जसको भलो चाहनहुन्छ, उसलाई धर्मको ज्ञान प्रदान गर्नुहुन्छ ।’ (बखारी : ७१, मुस्लिम : १०३७)

तसर्थ इस्लामका अनिवार्य नियमहरू सिक्नु आवश्यक छ, जस्तै- सलाह पढ्ने र पवित्रता प्राप्त गर्ने तरिका, वैध-अवैध, खान हुने र नहुने कुराहरू इत्यादि । त्यसैगरी इस्लामले गर्न प्रेरणा दिएका जायज कुराहरूका नियम सिक्नु ।

इस्लामका विधि-विधान
मानिसका सम्पूर्ण भनाइ, गराइ र क्रियाकलापहरू इस्लामका पाँच अवस्थाहरू भन्दा बाहिर हुन सक्दैनन्-

१. वाजिब
अल्लाहले जुन काम गर्ने आदेश दिनुभएको छ, त्यसलाई ‘वाजिब’ (अनिवार्य) भनिन्छ । जसलाई पालन गर्दा पुण्य प्राप्त हुन्छ र नगर्दा पाप लाग्छ, जस्तै- पाँच समयका सलाहहरू, रमजान महिनाको ब्रत इत्यादि ।

२. हराम
अल्लाहले जन काम नगर्ने आदेश दिनुभएको छ, त्यसलाई ‘हराम’ (अवैध) भनिन्छ । जसलाई नगर्दा पुण्य प्राप्त हुन्छ र गर्दा पाप लाग्छ, जस्तै- बलात्कार गर्नु, रक्सी खानु इत्यादि ।

३. सुन्नत (मस्तु हब)
जसलाई गर्न इस्लामले प्रेरणा दिएको छ । गर्दा पुण्य मिल्छ, नगर्दा पाप लाग्दैन, जस्तै- हँसिलो अनुहारले कुराकानी गर्नु, अघि बढेर सलाम गर्नु, बाटोघाटोमा रहेको फोहोर तथा काँडा हटाई दिन इत्यादि ।

४. मकरूह
जसलाई नगर्न इस्लामले प्रेरणा दिएको छ । नगर्दा पुण्य हुन्छ, गर्दा पाप लाग्दैन, जस्तै- सलाहमा औंलाहरूसँग खेल्दै टोलिनु इत्यादि ।

५. मोबाह
गर्दा वा नगर्दा केही फरक नपर्ने कुरालाई ‘मोबाह’ भनिन्छ, जस्तै- खानपिन गर्नु, कुराकानी गर्नु इत्यादि ।
(फहद बिन सालिम बाहमामको नयाँ मुस्लिम निर्देशिकामा आधारित ।)

प्रतिक्रिया