शुक्रबार, चैत १६, २०८०

१७ जनामा हैजा पुष्टि, स्वास्थ्य मन्त्रालयले भन्यो- सजगता अपनाउनू

नेपालखोज २०७९ असार १७ गते १३:३३

काठमाडौं । उपत्यका (ललितपुर, भक्तपुर र काठमाडौं) मा १७ जनामा हैजा देखिएको छ । यसअघि उपत्यकाका विभिन्न ठाउँमा १४ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

काठमाडौंको कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, बागबजार, डिल्लीबजार, बल्खु, घट्टेकुलोलगायत क्षेत्रमा हैजाका बिरामी भेटिएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार तीनै जिल्लाका अधिकांश ठाउँमा हैजा फैलिएको छ ।

हैजाको प्रकोप बढ्न सक्ने सम्भावना भएकाले सजगता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया