शनिबार, वैशाख ८, २०८१

पत्नी हत्या अभियोगमा पति पक्राउ

नेपालखोज २०७९ असार १८ गते १७:३३

मोरङ । आफ्नै ३१ वर्षीया पत्नी बबिता मल्लिकको हत्या अभियोगमा रंगेली नगरपालिका १, बिर्ताबजारका तिलका मल्लिकलाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादका कारण बबितालाई मट्टीतेल छर्की आगो लगाई फरार भएका तिलकालाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी पक्राउ गरेको हो ।

आगोले जलेर घाइते भएकी बबिताको कोसी अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ । आगलागीबाट घरमा रहेका लत्ताकपडा, भाडाबर्तन अन्नपात समेत जलेर करिब २ लाख रुपैयाँबराबरको धनमालन नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया