शुक्रबार, वैशाख ७, २०८१

सामुदायिक वनमा महिला मृत फेला

नेपालखोज २०७९ असार १८ गते १७:४१

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका ४ मा रहेको जनचेतना सामुदायिक वनमा महिलाको शव फेला परेको छ ।

अन्दाजी २४/२५ वर्षीया गाढा रातो रङको साधारण फिता भएको चप्पल, रातो कुर्ता र हरियो रङको सुरुवाल लगाएकी महिलाको शव घाँटीमा सलले बेरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल गुलरिया लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया