शनिबार, वैशाख १५, २०८१

कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालखोज २०७९ असार २१ गते ६:२६

काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशानखाले जनाएकाे छ । अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएकाे छ

साथै, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले उल्लेख गरेकाे छ ।

त्यस्तै आज दिउँसाे देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकाे विभागले जनाएकाे छ ।

त्यसैगरी, आज राति प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकाे विभागले जनाएकाे छ ।

प्रतिक्रिया