शनिबार, जेठ ५, २०८१

नेप्सेमा पुनः हरियाली, १३ अंकले बढ्दा दुई अर्ब १७ करोडको कारोबार

नेपालखोज २०७९ असार २२ गते १५:४७

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन ४६ अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन बुधबार पुन: १३ दशमलव ३३ अंकले बढेर दुई हजार ४३ दशमलव ९२ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६८ अंकले बढेर तीन सय ८८ दशमलव ९१ अंकमा चढेको छ ।

दुई सय २८ कम्पनीको ३८ हजार आठपटकको कारोबारमा ६२ लाख ६३ हजार तीन सय १० कित्ता सेयर खरिद-बिक्री भएको छ । जसकारण कुल कारोबार रकम दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार सात सय एक रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा तीनवटाको सूचक घटेर १० वटाको बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ७३ अंकले घटेर १३ सय ६९ दशमलव १८ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक ३५ दशमलव तीन अंकले घटेर आठ हजार दुई सय ३० दशमलव ६८ अंकमा झरेको छ । यसैगरी सामूहिक लगानी कोष समूहको सूचक शून्य दशमलव शून्य आठ अंकले घटेको छ ।

विकास बैंक समूहको सूचक भने ७२ दशमलव ७५ अंकले बढेर तीन हजार पाँच सय २६ दशमलव २० अंकमा चढेको छ । जलविद्युत् समूहको सूचक ३३ दशमलव ८४ अंकले बढेर २३ सय ७३ दशमलव ८३ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक पनि दुई सय ६६ दशमलव ३२ अंकले बढेर १० हजार दुई सय १५ दशमलव ३३ अंकमा चढेकामा फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समूहको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १५ सय ४९ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा नेपाल क्रेडिट एन्ड कर्मस बैंकको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ८९ प्रतिशतले घटेर आठ सय ९० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज गोर्खाज फाइनान्सको प्रतिकित्ता चार सय ९० रुपैयाँ अन्तिम मूल्यमा ११ करोड ७२ लाख ८० हजार तीन सय ३० रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया