माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै

नेपालखोज २०७९ असार २३ गते ८:२२

काठमाडाैं । नेकपा माओवादी (केन्द्र)को केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । मंगलबारदेखि स्थगित हुँदै आएको बैठक आज ११ बजे बस्ने भएकाे हाे ।

पदाधिकारी चयनमा लागि भन्दै मंगलबार डाकिएको बैठक बुधबारलाई सारिएको थियो । बुधबार पनि नेतृत्व टिम संसद् बैठकमा सहभागी हुनुपर्ने भएकाले बैठक आजका लागि सारिएको थियाे ।

आजकाे बैठकमा केन्द्रीय सदस्यहरूले राखेको धारणामाथि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची रहेकाे छ ।

माओवादी केन्द्रको पूर्वस्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियाे । 

प्रतिक्रिया