बुढीगंगा नगरपालिकामा मतदान जारी

नेपालखोज २०७९ असार २३ गते ८:४८

बाजुरा । बाजुरा जिल्लाको बूढीगंगा नगरपालिकामा मतदान भइरहेको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको हो ।

बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् भने १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यलयले जनाएको छ । 

प्रतिक्रिया