सुनको मूल्य १४ सयले घट्यो
नेपालखोज
२०७९ असार २३ गते ११:१२

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला १४ सयले घटेको ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ । बुधबार पनि छापावाल सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको भाउ १४ सयले घटेको छ । आज प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९५ हजाज ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँ बढेकाे छ । चाँदी आज प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी पनि प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

सम्बन्धित

प्रतिक्रिया