‘जनार्दन शर्माको राजनीमा, षड्यन्त्रविरुद्धको जवाफ ’

नेपालखोज २०७९ असार २३ गते १२:३३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री पदबाट राजीनामा दिएर नेता जनार्दन शर्माले षडयन्त्र गर्नेह?लाई जवाफ दिएको दाबी गरेका छन् । केन्द्रीय समिति बैठकमा आज (बिहीबार) अध्यक्ष प्रचण्डले भने ‘अर्थमन्त्रीले आफूले केही गरेको छैन भन्नुभएको छ, संसदमा कुरा उठेपछि उहाँले प्रष्ट कुरा राखेर संसदमा नैतिकता प्रदर्शन गर्नुभएको छ ।’

उनले नेता शर्माले गर्दैन गरेको कामलाई भ्रमित पार्दै, उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन नै अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भएको दाबी गरेका छन् । त्यो डिजाइनलाई त्यागद्वारा जवाफ दिइएको बताउँदै उनले यसबारे कार्यकर्ता र जनतालाई भन्नुपर्ने जनाए ।

आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले बुधबार मन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए । नेता शर्माले पनि राजीनामा दिएर नैतिकता प्रदर्शन गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया