सोमबार, वैशाख २४, २०८१

बाजुराको बूढीगंगास्थित मतदानस्थलमा झडप, प्रहरीले गोली चलायो

नेपालखोज २०७९ असार २३ गते १३:१७

काठमाडौं । बाजुरा जिल्लाको बूढीगंगा नगरपालिकामा आज (बिहीबार) मतदान हुँदाहुँदै विवादले उग्र?प लिएको छ । विवाद भएपछि प्रहरीले गोली नै चलाएको छ । यस नगरपालिकामा गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको हो ।

त्रिशक्ति मावि मतदान केन्द्रमा मतदान भइरहेकामा दुई पक्षका एजेन्टबीच झगडा भएको थियो । विवादले उग्र?प लिएर झडपको अवस्था भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान मध्याह्नसम्म भने शान्तिपूर्ण रुपमै भएको थियो । बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट रंग खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन् । १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया