वैदेशिक रोजगारीको प्रलोभन दिई जना पक्राउ

नेपालखोज २०७९ असार २३ गते १३:१९

वीरगञ्ज । वैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग लाखौं रकम ठग्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पचहत्तर हजार रुपैयाँसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–३ घर भई हाल वीरगञ्ज महानगरपालिका–१६ मा डेरा गरी बस्ने ३४ वर्षीय नवलकिशोर साह कानु रहेको प्रहरीले जनाएको छ । कानुले विभिन्न व्यक्तिसँग वैदेशिक रोजगारमा निःशुल्क टिकट र भिसामा विदेश पठाइदिन्छु भन्दै प्रलोभन देखाएर २५ हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म रकम ठगेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले कानुको डेराबाट नेपाली तीन लाख रुपैयाँ र भारतीय एक लाख ४८ हजार रुपैयाँ नगद तथा आइएमईका कागजातसहित नियन्त्रणमा लिई ठगीसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिन म्याद थपेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

कानुले रकम हात पार्न आफ्नो नागरिकता प्रयोग नगरी अन्य व्यक्तिको नागरिकताको प्रतिलिपि प्रयोग गरेर आइएमईमार्फत रकम झिकेको उजुरीका आधारमा डेराबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया