अन्तर्घात सम्बन्धमा माओवादीमा न्यायिक आयोग गठनको प्रस्ताव
नेपालखोज
२०७९ असार २३ गते १५:४८

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानविन गर्न कडा अनुसन्धान प्रक्रिया अघि बढाउन प्रस्ताव आएको छ । पार्टीभित्रका नेताहरूले निर्वाचनमा अन्तर्घात गरेको भन्ने गुनासोका आधारमा छानबिन समिति नै बनाउन प्रस्ताव आएको हो ।
छानविन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा जाँचबुझ आयोग गठनको प्रस्ताव गरिएको छ । यद्यपि अध्यक्ष प्रचण्डले तत्काल पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक जाँचबुझ गठन गर्नु अनौठो हुने भनेका छन् । उनले सो प्रस्ताव स्थगन गरेका जनाइएको छ । जारी केन्द्रीय कमिटी बैठकमा मधेसमा भएको चरम अन्तर्घातको छानबिनका लागि नेता मात्रिका यादवले न्यायिक जाँचबुझ आयोग गठनको कुरा उठाउँदै आएका छन् ।
सम्बन्धित

प्रतिक्रिया