प्रचण्डमा परिवारवाद ! पोलिटब्युरोमा छोरी-ज्वाइँलगायतको नाम घोषणा
नेपालखोज
२०७९ असार २३ गते १७:१८

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले घोषणा गरेको पोलिटब्युरो सदस्यहरूको नाममा परिवारवाद हावी भएको भन्दै आलोचना भएको छ ।
काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा बिहीबार प्रचण्डले भरतपुर महानगरपालिकाकी मेयर छोरी रेनु दाहाल, प्रतिनिधि सभा सदस्यसमेत रहेकी बुहारी बीना मगर, राष्ट्रिय सभा सदस्य रहेका भाइ नारायण दाहाल र स्वकीय सचिव रमेश मल्ललाई पोलिटब्युरोमा स्थान दिएका छन् ।
पहिलो दिनको बैठकमा छोरी गंगा दाहाल र ज्वाइ जीवन आचार्यलाई केन्द्रीय सदस्यमा मनोनित गर्नु भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया