एकदिवसीय खेलमा क्यानडासँग नेपाल ८३ रनले हार्यो
नेपालखोज
२०७९ असार २३ गते १७:०६

काठमाडौं । दोस्रो एक दिवसीय अभ्यास खेलमा क्यानडासँग नेपाल ८३ रनले पराजित भएको छ । योसँगै दुई खेलको एक दिवसीय श्रृंखला क्यानडाले जितेको छ ।
पहिलो खेल भने वर्षाले प्रभावित भएको थियो । जितका लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा १ सय ५ रनमा अलआउट भएपछि क्यानडाको जित सुनिश्चित भएको हो ।
क्यानडाबाट नेपाल त्रिदेशीय एक दिवसीय श्रृंखला खेल्न स्कटल्यान्ड जानेछ । विश्व कप क्रिकेट लिग २ मा नेपालले १६ खेलमा ७ जित हासिल गरेको छ । यस्तै नेपालमा ८ खेलमा हार र एक बराबरीका साथ १५ अंकसहित पाँचौँ स्थानमा रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया