बैंकिङ कसुर मुद्दाका फरार केदार गिरी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी)का अनुसार उदयपुरकबो त्रियुगा न.पा. १३ को ६० वर्षीय केदार गिरीलाई पक्राउ गरिएको हो ।
सिआईबीका अनुसार प्रतिवादी गिरीले गत वर्ष कार्तीक १५ गते प्रभु बैंक लिमिटेडमा रहेको खाताबाट रकम भुक्तान हुन नसकेको भनी जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी रकम नभएको चेक दिएरको भनी ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा ०७७/१०/०६ मा फैसला गरेको थियो ।
उक्त फैसलाले प्रतिवादी केदार गिरीलालई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा सात दिन कैद र २० लाख रुपैंया जरिवानाको फैसला सुनाएको थियो । सिआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले प्रतिवादी गिरीलाई बिहीबार ललितपुरको सानेपाबाट पक्राउ गरेको हो । पक्राउ परेका गिरीलाई सोही दिन फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको सिआईबीले जानकारी दिएको छ ।

प्रतिक्रिया