सिभिल बैंकका ग्राहकलाइ पोखराको चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्मकाे छुट

काठमाडाैं । सिभिल बैंक लिमिटेडर पोखराको चरक मेमोरियल हस्पिटलबीच बैंकका ग्राहकहरुका लागि विशेष छुट प्रदान गर्ने बारेमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार सिभिल बैंकका सम्पूर्ण ग्राहकहरुले पोखराको चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
आज एक कार्यक्रममा बैकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख समीर केसी तथा हस्पिटलका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मिले सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार फार्मेसीमा ५%, ल्याब÷बेड, रेडियोलोजी तथा अपरेसनमा लाग्ने शुल्कमा१०% र होल बडी चेक अपमा २०% छुट पाउने ब्यबस्था छ ।
यस छुटको सुबिधा उपभोग गर्नको लागि सिभिल बैंकका ग्राहकहरुले हस्पिटलको बिलको भुक्तानी बैंकको मोवाइल बैंकिङ एपमार्फत डिजिटल पेमेन्ट गर्नुपर्ने हुन्छ । यसकासाथै आगामी दिनहरुमा बैंक र हस्पिटलको संयुक्त पहलमा पोखराको विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गर्न सकिने गण्डकी प्रदेशका प्रमुख समीर केसीले जनाएका छन् ।
सात लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १२ एक्सटेन्सन काउन्टरहरु र ९९ एटीएम रहेका छन् । साथै बैंकले हालसम्म करिब रु. ९२ अर्ब निक्षेप परिचालन गरी रु. ८८ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

प्रतिक्रिया