आइतबार, जेठ ६, २०८१

‘विविधताभित्रको एकताले राष्ट्रिय भावना बलियो हुन्छ’

नेपालखोज २०७९ असार २६ गते ९:१४

सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले विविधताभित्रको एकताले राष्ट्रिय भावना बलियो हुने बताएका छन् । बकर इद (इद-उल-अज्हा) का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले मुस्लिम समुदायको महान् पर्व बकर इदका अवसरमा कर्णालीवासीलगायत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

‘बकर इद मुस्लिम समुदायको मौलिक पर्व हो । यसलाई आपसी रिस, राग र द्वेषभावलाई बिर्सेर एकापसमा खुसी, सद्भाव र शुभकामना आदान-प्रदान गरी मनाउने गरिन्छ । यस्ता चाडपर्वको माध्यमबाट विभिन्न जातजाति र समुदायको संस्कृति र परम्पराको संरक्षण भई आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुन्छ,’ जारी सन्देशमा भनिएको छ ।

हाम्रो विविधताभित्रको सुदृढ एकताले राष्ट्रिय भावना अझ बलियो बनाउन भन्ने सन्देश बकर इदले दिने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख परियारले सहिष्णु र सभ्य समाज निर्माण गर्न यसले सबै नेपालीलाई प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।

प्रतिक्रिया