शनिबार, वैशाख २२, २०८१

धौलागिरि लघुवित्तको ३ लाख ३१ हजार कित्ता आईपीओ आउँदै

नेपालखोज २०७९ असार २८ गते ७:३५

काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार २४ गते शुक्रबार धौलागिरिलाई सेयर निष्कासन अनुमति प्रदान गरेको हो ।

बोर्डको अनुमति पाएसँगै लघुवित्तले तीन करोड ३१ लाख रुपैयाँबराबरको तीन लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । साधारण सेयर निष्कासनका लागि लघुवित्तले सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाडौंलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा यसअघि नै तोकिसकेको छ ।

वित्तीय संस्थाको जारी पुँजी १० करोड ३१ लाखको ३२.१०४७५३ प्रतिशतबराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बागलुङ नगरपालिका २, श्रीनगर टोलमा रजिस्टर्ड कार्यालयमार्फत आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

वित्तीय संस्थाले आफ्नो ४४ शाखा कार्यालय र २ उपशाखा स्थापना गरी सेवाग्राहीलाई लघुवित्त कारोबार गर्दै आइरहेको छ ।

प्रतिक्रिया