शनिबार, वैशाख २२, २०८१

११ अंकले नेप्से बढ्दा एक अर्ब ७० करोडको कारोबार

नेपालखोज २०७९ असार २८ गते १५:५८

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन ७७ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज (मंगलबार) ११ दशमलव ६८ अंकले बढेर १९ सय २७ दशमलव २८ अंकमा चढेको छ । यसैगरी ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव शुन्य नौं अंकले बढेर तीन सय ६८ दशमलव ९५ अंकमा चढेको छ । दुई सय २६ वटा कम्पनीहरुको ३० हजार ६ सय ९६ पटकको कारोबारमा ४९ लाख ६७ हजार पाँच सय ६१ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ७० करोड ७७ लाख ५२ हजार नौं सय ७८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहरुको कारोबार हुँदा १३ वटै समूहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाणिज्य बैंक समूहको सुचक चार दशमलव ४४ अंकले बढेर १३ सय १२ दशमलव ७० अंकमा चढेकोमा विकास बैंक समूहको सुचक पनि २६ दशमलव ३५ अंकले बढेर तीन हजार दुई सय ६० दशमलव ६१ अंकमा चढेको छ । जलविद्युत समूहको सुचक पनि ३० दशमलव १५ अंकले बढेर २२ सय नौं दशमलव ६६ अंकमा चढेकोमा निर्जिवन बिमा समूहको सुचक पनि ७४ दशमलव ४७ अंकले बढेर सात हजार आठ सय १६ दशमलव ६३ अंकमा चढेको छ । जीवन बिमा समूहको सुचक पनि ११ दशमलव १३ अंकले बढेर नौं हजार चाार सय ६८ अंकमा चढेकोमा फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज सप्तकोशी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ३५ प्रतिशतले बढेर दुई सय ३४ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य चार दशमलव ६५ प्रतिशतले घटेर आठ सय २० रूपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यसैगरी आज अरुण कावेली पावर लिमिटेडको प्रतिकित्ता चार सय ५२ रूपैयाँ अन्तिम मूल्यमा सात करोड ९५ लाख ८० हजार छ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया